राजनीति

सरकारले विदेशीसामु घुँडा नटेकोस् : भीम रावल

bhim rawal

२४ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माथिल्लो कर्णाली आयोजना विकास सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लंघन गरेको बताएका छन् ।

यसबापत उसले झन्डै २ अर्ब जरिवाना सरकारलाई तिर्नुपर्ने रावलको भनाइ छ । यसर्थ देशको सबैभन्दा राम्रो योजना समाप्त पार्ने विदेशी षड्यन्त्रसामु सरकारलाई घुँडा नटेक्न उनले सुझावसमेत दिएका छन् ।

‘माथिल्लो कर्णाली आयोजना विकास सम्झौताको दफा ३ र उपदफा ७.३.४ को जीएमआरले गम्भीर उल्लंघन गरेको छ । यसबपत उसले झन्डै रु २ अर्ब हर्जाना सरकारलाई तिर्नुपर्ने हो,’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कम्पनीले आयोजना ओगटेको १४ वर्ष भयो । देशको सबभन्दा राम्रो योजनालाई खत्तम गर्ने विदेशी षडयन्त्रका सामु सरकारले घुँडा नटेकोस् ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस