समाचार

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

deuba

२४ असोज, पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् । पोखरामा उनी गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रमानुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९, नयाँबजारस्थित क्षेत्रीय संग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नेछन् । यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजनामा हुने विजयादशमी तथा दीपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने कांग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *