समाचार

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

mahila lagubitta

२४ असोज, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई  वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ४५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने  कर प्रयोजनको लागि समेत पाँच प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस