सेयर मार्केट

साताको पहिलो दिननै सेयर बजार ओरालो

stock market

२४ असोज, काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकको गिरावट भएको छ । गत मंगलबारबाट सुधार आएको सेयरबजार पुन: साताको सुरूमै ओरालो लागेको हो । आइतबार नेप्से परिसूचक १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा ओर्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार आज १८७ वटा कम्पनीका ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर बाट ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको किनबेच भएको छ । आज तीन वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभल नजिक पुगेको थियो । जसमा मैलुङ खोला जलविद्युत् कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्था छन् ।

यस्तै सिबम् सिमेण्टका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस्तै माउन्टेन हाइड्रो, रिडी हाइड्रोका लगानी कर्ताले ६ प्रतिशतभन्दा बढी गुमाएका छन् । आज ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९६ अंकले घटेर ४९९.७८ विन्दुमा ओर्लिएको छ । फाइनान्स, जीवन बिमा र म्युचुअल फण्डबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक बनेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस