मुख्य समाचार

रुपन्देहीको मोतीपुरमा तनाव बढेपछि कर्फ्यु आदेश जारी

motipur

२४ असोज, रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा कर्फ्यु आदेश जारी गरेको छ ।

आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त बढेपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

जारी आदेशमा पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुर, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका– १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

औद्योगिक क्षेत्रमा भएको झडपमा गोली चल्दा २ जना घाइते भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस