मुख्य समाचार

बुटवल झडप : चारजनाको मृत्यु, ३३ प्रहरी र १७ नागरिक घाइते

jhadap ghaite

२५ असोज, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ स्थित निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच आइतबार भएको झडपमा परी चारजनाको मृत्यु भएको छ ।

झडपमा ३३ प्रहरी र १७ नागरिक घाइते भएका जिल्ला प्रशासन कार्यालय रुपन्देही जनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घाइतेहरूको मेडिकल कलेज भैरहवा र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बसेका सुकुम्बासीलाई हटाउन खोज्दा झडप भएको थियो । प्रहरीका अनुसार सुकुम्बासीले ढुंगामुढा गरेपछि प्रहरीले हवाईफायर, अश्रुग्यास र गोली प्रहार गरेको थियो । गोली लागेर चार सुकुम्बासीको मृत्यु भएको हो ।

स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सो क्षेत्रमा आइतबारै कर्फ्यु आदेश जारी गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस