समाचार

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

accident

२५ असोज, काठमाडौं । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ वर्षीय हिमलाल नेपाली र २१ वर्षीय जीवन न्यौपाने छन् ।

से १ च १७६३ नम्बरको जीप कच्ची सडकमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा उक्त हताहती भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । “एक जनाको घटनास्थलमै र अन्य तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो,” डीएसपी अर्यालले भने, “५/६ जना सिट क्षमताको गाडीमा १७ जना सवार रहेको र कच्ची सडक भएकाले ओभर लोडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।”

पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा आइतबार राति साढे ११ बजे जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको अर्यालले जानकारी दिए । दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको र त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *