समाचार

चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या

gulmi

२५ असोज, गुल्मी । गुल्मीका एक युवकले चिर्पट प्रहार गरी आफ्नी जेठी आमाको हत्या गरेका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका–१३, दुबिचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले हत्या अभियोगी बिकलाई हिजो नै पक्राउ गरी हिरासतमा राखिएको बताए ।

त्यस वडाका वडाध्यक्ष खुम खत्रीका अनुसार मदिरा सेवन गरेका उनले दिउँसो  सामान्य विवादको आवेगमा आइ  जेठी आमालाई चिर्पटले हान्दै हत्या गरेका थिए । दिनहुँ मदिरा सेवन गर्ने गरेका कारण बिककी श्रीमतीले सम्बन्धविच्छेद गरेर बसेकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *