
२५ असोज, काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूको चाप बढेको छ । दसैँको टीकाको दिन नजिकिँदै जाँदा काठमाडौं छाड्नेहरूको संख्या ह्वात्तै बढेको हो ।
काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायत क्षेत्रमा घर फर्किनेहरूको सोमबार पनि बिहानैदेखि ठूलो भिड लागेको छ । शिक्षा, रोजगारी तथा व्यावसायिक कामले घरबाहिर रहेकाहरू दसैँमा आफ्नो गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भिड बढेको हो ।
कोरोना महामारीको जोखिमबीच पनि मानिस काठमाडौं उपत्यकालगायत सहरबाट घर फर्किरहेका छन् ।
प्रतिक्रिया दिनुहोस