समाचार

नेरुडे लघुवित्तले २२.६२ प्रतिशत लाभांश दिने

nerude

२५ असोज, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाइ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २१.४९ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत नगद लाभांश गरी कुल २२.६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस