सुनचाँदी

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने वृद्धि

today gold price

२५ असोज, काठमाडौं । लगातार बढेको सुनको मूल्यमा सोमबार सामान्य गिरावट भएको छ ।

असोज २५ गते सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुन पनि ९० हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो कारोबार दिन सुन तोलामा १०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको थियो ।

सोमबार चाँदीको मूल्य भने वृद्धि भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १८० रुपैयाँमा किनबेच हुँदैछ । आइतबार चाँदी पाँच रुपैयाँले नै बढेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस