मनोरञ्जन ताजा समाचार

मनोज गजुरेलले गरे विवाह (तस्बिरसहित)

manoj marriage

२५ असोज, काठमाडौं । कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनी र मन्जु पोखरेल वैवाहीक सम्बन्धमा जोडिएको गजुरेलले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । पोखरेल  पोखरेल न्याय सेवाकी अधिकृत हुन् ।

उनी र पोखरेलबीच डोलेश्वर मन्दीरमा आज परिवारको उपस्थितिमा विवाह भएको हो । विवाहपछि सपरिवार मानवसेवा आश्रम (कौशलटार) मा पुगेर उनीहरुले त्यहाँ रहेका वृद्ध वृद्धालाई खाना खुवाएका थिए ।

‘नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं’, उनले आफ्नो विवाहबारे भनेका छन् ।

यसमा आफ्ना छोरा छोरीको पनि सहमति रहेको उनले बताएका छन् । गजुरेलको ४ वर्ष अघि सम्वन्ध विच्छेद भएको थियो । जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभावि भएको उनले बताएका छन् । उनले आफ्नो व्यक्तिगत जीवनकाबारेमा काल्पनिक समाचार नलेखिदिनसमेत आग्रह गरेका छन् ।

‘सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला । हाम्रा सन्तानको सुख र शान्तीकालागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला’, गजुरेलले भनेका छन् ।

manoj marriage

manoj marriage

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस