समाचार

बढी भाडा लिने खोज्ने सातजना समातिए

arrest

२५ असोज, काठमाडौं । यात्रुसँग बढी भाडा असुल्न खोज्ने सातजना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकाबाट चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अनधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने सातजनालाई सोमबार बिहान नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिए ।

सो आरोपमा काठमाडौंको कोटेश्वर क्षेत्रको काउन्टरबाट खोटाङका भीम निरौला र रञ्जित श्रेष्ठ तथा बल्खु क्षेत्रको काउन्टरबाट सिन्धुलीका हरि कार्की, बाराका एलएक्स चौधरी र विशाल लामा, चितवनका सुदर्शन पाण्डे र मकवानपुरका प्रेम घिमिरे पक्राउ परेका हुन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस