राजनीति

मोतिपुर घटनाको निष्पक्ष छानबिन गर्न माग

khimlal bhattarai

२५ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुटवलस्थित मोतिपुरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकको सुरुमै एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतिपुरमा सुकुम्बासीको आन्दोलनका क्रममा चारजनाको ज्यान गएको घटनाका बारेमा सरकारको जवाफ माग गर्दै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

उनले घाइतेको उपचारको प्रबन्ध गर्न, मृतकको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे । अरुका लागि दसैं आए पनि सुकुम्बासीका लागि दशा आएको भन्दै दशा निम्ताउने काम सरकारले गरेको उनले बताए । उनले त्यही जिल्लाका गृहमन्त्री केन्द्रमा रहे पनि मौन रहेको भन्दै गृहमन्त्रीलाई कुर्सीमा बस्ने नैतिकता नभएको जिकिर गरे ।

भट्टराईले दार्चुला घटनामा पनि गैरजिम्मेवार भएको बताए । दूषित र कमजोर राजनीतिको सुरुवात भएको र जसका कारण लोकतन्त्र र गणतन्त्र कमजोर भएको आरोप लगाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *