२५ असोज, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक सम्पन्न भएको छ ।
प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको विरोधका बाबजुद बैठक १४ मिनेट ९ सेकेण्ड चलेको थियो । बैठक २०७८ कात्तिक ९ गते दिउँसोे १ बजे बस्ने गरी स्थगन भएको हो । आजको बैठकमा मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ सदन समक्ष पेश भयो ।
यस्तै बैठकले राष्ट्रिय सभामा उत्पती भइ प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिएको छ ।
प्रतिक्रिया दिनुहोस