
२५ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी छन् ।
उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार मन्त्री पदबाट राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी राष्ट्रपतिले प्रधानमन्त्रीलाई सुम्पिएकी हुन् ।
प्रधानन्यायाधीशको कोटाबाट हमाल मन्त्री बनेको भन्दै आलोचना भएपछि हमालले राजीनामा दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस