सेयर मार्केट

दशैं अघिको अन्तिम कारोबार दिन २३ अंक घट्यो नेप्से

share market nepal

२५ असोज, काठमाडौं । दसैैं बिदाको अघिल्लो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

उतारचढावबीच नेप्से ४१ अंकले घटे पनि अन्तिम समयमा केही सुधारिँदै २३.१९ अंकले झरेको हो । नेप्से २६ सय ३९ दशमलब ३८ विन्दुमा आइपुगेको छ । यसदिन इन्भेष्टमेन्ट र म्यूचुअल फण्डबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

ग्लोबल आइएमई समुन्नत स्कीम करिब १० प्रतिशत बढ्यो भने सानिमा लाइफ इन्स्योरेन्सको भाउ पनि ७.८८ प्रतिशतले बढ्यो । आज २१९ कम्पनीको ९३ लाख १४ हजार कित्ता सेयर ३ अर्ब ६३ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *