समाचार

नेपालबाट ९ दिन ढिलो गरी बाहिरियो मनसुन

rain

२५ असोज, काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ ।

गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू-भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार सरदरमा २ अक्टोबरमा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी बाहिरिएको हो । यस वर्षको मनसुन जुन ११ (जेठ २८) मा भित्रिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस