मनोरञ्जन ताजा समाचार

चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

dadako bar pipal

२६ असोज, काठमाडौं । सिनेमा हलमा आजबाट नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार छन् । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो । अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन् ।

दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *