सेयर मार्केट

मध्य भोटेकोसीको आईपीओमा २३ लाखले दिए आवेदन

ipo

२६ असोज, काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ)मा २३ लाख ९३ हजार ४२८ जनाले आवेदन दिएको छन् । आईपीओमा आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म उक्त आवेदकले आवेदन दिएका हुन् ।

उक्त आवेदकले कुल ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । यो कम्पनीले बिक्री खुलाएको आईपीओभन्दा ४.१९ गुणाले बढी हो ।

कम्पनीले असोज २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो । जसमध्ये, ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ६० हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो ।

बाँकी रहेको बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा झण्डै साढे ३ करोड कित्ता सेयरमा आवेदन परेको हो । रेटिङ एजेन्सी केयर रेटिङले मध्य भोटेकोशीलाई ‘केयरएनपी डबल बी’ रेटिङ दिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस