समाचार

स्वास्थ्य सुरक्षामा ध्यान दिँदै चाडपर्व मनाउन प्रचण्डको आग्रह

Prachanda

२६ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन आग्रह गरेका छन् ।

दसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वहरूको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रचण्डले कोभिड–१९ को जोखिमका कारण अझै सहज रूपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा आग्रह गरेका हुन् ।

उनले सन्देशमा भनेका छन्, “कोरोना भाइरसका कारण अझै सहज रूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन अपिल गर्दै पुनः एकपटक सुस्वास्थ्य, दीघार्यु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *