
२६ असोज, काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः५० बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस