
३० असोज, काठमाडौं । बेलायतको कन्जर्भेटिभ पार्टीका सांसद सर डेविड अमेसको हत्या भएको छ । उनको छुरा प्रहारबाट हत्या भएको बीबीसीले जानकारी दिएको छ । उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एन जना २५ वर्षीय युवकलाई नियन्त्रणमा लिएको छ ।
उनको साथबाट प्रहरीले चक्कु बरामद गरेको छ । ‘ले–अन–सी’को एक चर्चमा स्थानीयसँग छलफल गरिरहेका बेला उनीमाथि चक्कु प्रहार भएको हो । स्थानीय प्रहरीले हत्यामा इस्लामिक अतिवादीको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ ।
घटनाई लिएर प्रधानमन्त्रीसहित देशका शीर्ष नेताहरूले कडा निन्दा गरेका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस