मुख्य समाचार

लोकसेवा आयोगलाई गाली गर्ने युवक कालोसूचीमा !

loksewa-aayog

३१ असोज, धनुषा । प्रदेश २ को लोकसेवा आयोगलाई गालीगलौज गरेको भन्दै एक युवक कालोसूचीमा परेका छन् ।

प्रदेश लोकसेवा आयोगलाई तथानाम गालीगलौज गर्दै आयोगको इमेलमा प्रतिक्रिया दिएपछि महोत्तरी एकडाडा गाउँपालिका स्थित बथनाहाका प्रनित कुमार झा एक वर्षका लागि कालोसूचिमा परेका हुन् ।

कर्मचारी भर्नाको लागि आयोगले गरेको विज्ञापनमा अनलाइन मार्फत प्रनित कुमार झाले दरखास्त दिएका थिए । उनले अनलाइन फारम भर्ने क्रममा कुनै पनि प्रमाणपत्र पेस गरेका थिएनन् । प्रमाण अपुग रहेको भन्दै आयोगले इमेलमार्फत् जवाफ माग गरेको थियो ।

तर उनले आयोगको इमेलको जवाफ दिनुको साटो अपशब्द गालीगलौज गरेको प्रदेश लोकसेवा आयोगले जनाएको छ । असोज ६ मा पत्रिकामा सूचना प्रकाशन गरी उनलाई कालोसूचिमा राखेर कारबाही गरेको जनाएको छ ।

suchi

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *