३१ असोज, धनुषा । धनुषामा तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
तीव्र गतिमा रहेको बा.४८.प ५५२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनुषाको गणेशमानचारनाथ नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय दीपलाल महरा र २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो ।
लालबाबु पासवान गम्भीर घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस