समाचार

धनुषामा हतियार प्रहार गरी पुरुषको हत्या

Death Body

३१ असोज, जनकपुरधाम । धनुषामा एक जना पुरुषको हत्या भएको छ । नगराइन नगरपालिका ५ गंगुलीस्थित हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

हिचान खुल्न नसकेको अन्दाजी ४० वर्षीय पुरुषमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार खुकुरीले घाँटी काटिएको छ ।

घटनास्थलमा खुकुरी पनि फेला परेको छ । मृतक पुरुषले सेतो सर्ट र खैरो पाइन्ट लगाएका छन् ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शवलाई पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *