समाचार

देशभर साढे १२ हजार सक्रिय संक्रमित, मृत्यु हुनेको संख्या ११ हजार २७८ पुग्यो

covid 19 swab test

३१ असोज, काठमाडौं । नेपालमा असोज ३० गतेसम्म कोभिड १९ का सक्रिय संक्रमितको संख्या १२ हजार ५८९ रहेको छ । हालसम्म संक्रमित भएका ८ लाख ४ हजार ६५२ मध्ये ७ लाख ८० हजार ७७६ जना निको भएका छन् ।

११ हजार २७८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । हाल देशभर रहेका सक्रिय संक्रमित मध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा उपचाररत  छन् ।

हालसम्म संक्रमित हुनेमध्ये ३ लाख २७ हजार २५४ जना महिला र ४ लाख ७७ हजार ३९८ जना पुरुष रहेको मन्त्रालयको तथ्यांक छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस