समाचार

सर्लाहीमा पेस्तोलसहित एक जना पक्राउ

arrest

३१ असोज, काठमाडौं । सर्लाहीमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । बलरा नगरपालिका–३ लक्ष्मीपुर बस्ने २४ वर्षीय नवनित झालाई १ थान पेस्तोल र १ थान म्याग्जिनसहित प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने ३५ वर्षीय बिनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको बिषयलाई लिएर बादबिवाद हुँदा नवजितले बिनयलाई पेस्तोल ताकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बलरामाबाट खटिएको प्रहरीले नवजितलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस