विश्व/प्रवास

वर्षा र बाढीबाट भारतको केरलामा १८ जनाको मृत्यु, दर्जनौ बेपत्ता

Kerala Flood

३१ असोज, काठमाडौं । भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल वर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरू दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । बाढीका कारण कतिपय स्थानमा भीषण पहिरो गएको छ ।

पहिरोमा परेर दर्जनौ बेपत्ता भएका बताइएको छ । दक्षिणी राज्य केरलाका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पुर्‍याएको एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश इदुकी र कोट्याम जिल्लाका रहेका छन् ।

आइतबार बिहानसम्म पनि वर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरू पनि अवरुद्ध भएका छन् । मौसम् विज्ञान विभागका अधिकारीहरूले आइतबार पनि वर्षा कायमै रहने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस