समाचार

मोहन वैद्य नर्भिक अस्पताल भर्ना

Mohan Baidya

३१ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य(किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार दम बढेर उनलाई केही गाह्रो भएको र त्यसमै केन्द्रीत भएर उपचार जारी राखिएको छ । अस्पताल ल्याएलगत्तै उनको छातिको एक्सरे गरिएको थियो, सो क्रममा सामान्य दाग समेत देखिएको नर्भिक अस्पतालले जनाएकाे छ ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान उनमा देखिएको समस्या गम्भीर नरहेको समेत चिकित्सकहरुले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस