मुख्य समाचार

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि

covid19 Death body

३१ असोज, काठमाडौं । नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ९६६ पीसीआर परीक्षणका क्रममा ३८५ जना र एक हजार ११ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३९९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ६८० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ संक्रमित निको भएका छन् ।

हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित आइसोलेसन र २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *