खेलकुद समाचार

राष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः खेलकुद मन्त्री गहतराज

gahatraj

३१ असोज, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंसा गरेका छन् । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसके पनि आफू निराश नभएको बताए ।

‘म राष्ट्रिय फुटबल खेलाडीहरूको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री गहतराजले भने,‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरू जित्न सक्छ ।’ आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरूले खेल्ने अपेक्षा समेत गरेको सुनाए ।

नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको भनाई थियो । उनले भने,‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ गर खेले पनि ।’ नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको बताए । भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको बताए । खेलाडीहरू खेल्दा खेल्दै असफल भएको उनको भनाई थियो । उनले भने,‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ ।’ नेपालको खेलको समीक्षा हुने र भविष्यमा अझ खेलस्तर सुधार्न आवश्यक कदमहरु चालिने बताए ।

आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताए । मन्त्री नियुक्त भएकै दिन देखि आफू काममा खटिइसकेको बताए । आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनाबद्ध तरिकाले बढिरहेको बताए ।

आफू काममा विश्वास गर्ने व्यक्ति भएको बताए । गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम बढाउने बताए । देशभित्र निराशा पैदा भएकोले आशा बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘युवाहरूलाई देशभित्रै काम गर्न जागरूक गराउने र आशावादी बनाउने आधार तयार गर्न लागेको छु ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *