स्वास्थ्य

यी बालबालिका झाडापखालाको बढी जोखिममा

ekoli

१ कात्तिक, काठमाडौं । वर्षायामसँगै सरुवा रोगको प्रकोप बढेको छ । विशेषगरी यो समयमा पानीजन्य रोगहरुको संक्रमण फैलिने सम्भावना बढी हुन्छ भने त्यसको जोखिममा पाँच वर्षमुनिका बालबलिका बढी पर्दछन् ।

स्तनपान नगराई बोतलको दूध खुवाइएका तथा कुपोषित बालबालिकाहरु झाडापखाला तथा अन्य संक्रामक रोगहरुकोे बढी जोखिममा हुने विज्ञहरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै खोप नपाएका बालबालिकामा पनि संक्रामक रोगको जोखिममा पर्ने गरेका छन् ।

बालबालिकालाई जन्मिएको १५ महिनाभित्र विभिन्न रोगविरुद्धको नौ मात्रा खोप दिइसक्नु पर्दछ । त्यस्तै झाडापखालाजन्य रोगबाट बचाउन बालबालिकाको नियमित सरसफाई र खानेपानीमा पनि ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस