समाचार

डोटीको सायलमा बर्सातले घर भत्किँदा दुईजनाको मृत्यु

pahiro 1

२ कात्तिक, डोटी । तीन दिनदेखिको लगातारको बर्सातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सायल–६ मेल्लेखका सागर  र ११ आशिष कुन्जेडा छन् ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दकाअनुसार बर्सातले स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरूको मृत्यु भएको हो ।  च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ ।

जिल्लामा बर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भएपनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्रप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस