समाचार

कञ्चनपुरका अधिकांश बस्ती डुबानमा

Mahakali Badhi

२ कात्तिक, काठमाडौं । आइतबार बेलुकादेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम अधिकांश जिल्ला बस्तीहरू पहिरो र डुबानको चपेटमा परेका छन् ।

अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । महाकाली नदीको बाढी गाउँ पस्दा भीमदत्त नगरपालिका र दोधारा चाँदनीमा गरी १५० भन्दा बढी घर डुबानमा परेको प्रहरी जनाएको छ ।

भीमदत्त नगरपालिका वडा नम्बर ९, ११, १२ र १३ का खल्ला भुजेला ऐरी, ओदाली, बडैपुर, पिपरैयाका करिब एकसय घर र दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगर र वडा नम्बर १० को कुतियाकबर, शान्ति टोल तथा निसानी टोलमा गरी ६० घर डुबानमा परेको छ ।

महाकाली नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सिद्धराज न्यौपानेले जानकारी दिए । ब्रह्मदेव बजारदेखि झोलुङ्गे पुलसम्म नदी किनारका बस्तीमा पानी पसेको र हालसम्म मानवीय क्षति नभएको उनले बताए ।

यस्तै, कर्णाली नदीमा आएको बाढीले खतराको सतह नाघेको छ । चिसापानी बाढी मापनकेन्द्रमा मंगलबार गरिएको मापनअनुसार नदीको सतह ११.३ मिटर नाघेको इलाका प्रहरी कार्यालय चिसापानी कैलालीले बताएको छ ।

कर्णालीमा १० मिटर पानीको सतहलाई सतर्कता र १०.८० मिटरलाई खतराको तह मानिन्छ । लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकोले खतरा अझै बढ्ने प्रहरीले बताएको छ ।

पानी अझै परिरहेकोले उद्धार र राहतमा कठिनाइ भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस