३ कात्तिक, काठमाडौं । भारी वर्षाका कारण आएको बाढी–पहिरोमा परी भारतको उत्तरखण्डमा ४७ जनाको मृत्यु भएको छ । कुमाऊ क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । कुमाऊमा मात्रै बाढीसँग सम्बन्धित घटनामा ४२ जनाले ज्यान गुमाएका छन् ।
अविरल वर्षाले सयौँ घरहरू भत्किएका छन् । कैयौँ मानिस बाढीमा फसेका छन् । कैयौँ बेपत्ता छन् । जनजीवन अस्तव्यस्त भएको छ । अहिलेको विध्वंसले सन् २०१३ को त्रासदीको याद दिलाएको आजतकले जनाएको छ ।
नैनीतालको राज्यका बाकी भागसँगको सम्पर्क टुटेको छ । दिल्लीसँग जोड्ने रेलवे लाइनको एक भाग क्षतिग्रस्त भएको छ । हेलिकोप्टरबाट मानिसको उद्धारकार्य भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस