विश्व/प्रवास

अमेरिकाको टेक्ससमा विमान दुर्घटना, सबै यात्रु सकुशल

texas plane crash

३ कात्तिक, काठमाडौं । अमेरिकाको टेक्ससमा एउटा विमान दुर्घटना भए पनि सो विमानमा सवार सबै यात्रु बाँच्न सफल भएका छन् । ह्युस्टन बाहिर मंगलबार बिहान भएको विमान दुर्घटनामा सबै २१ यात्रुहरू बाँच्न सफल भएका हुन् ।

कसैलाई पनि ठूलो चोट नलागेको बताइएको छ । ह्युस्टन एक्जिक्युटिभ एयरपोर्टबाट उडान भर्ने क्रममा बारमा ठोक्किएर विमानमा आगोलागी भएको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ । म्याकडोनल डगलस एमडी–८७ जहाज दुर्घटनामा परेको हो ।

अग्नि नियन्त्रकहरूले आगो निभाउनुअघि नै सबै यात्रुहरू र चालक दलका सदस्यलाई विमानबाट सुरक्षित निकालेको र दुईजनालाई सामान्य चोट लागेको स्थानीय अधिकारीहरूले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस