
३ कात्तिक, बझाङ । बझाङमा पहिरोमा परेर चारजनाको मृत्यु भएको छ । आज बिहान घरमाथिबाट पहिरो खसेर पुरिँदा चारजनाको मृत्यु भएको खप्तडछान्ना गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले खप्तडछान्ना गाउँपालिका कार्यालयनजिकैको गाउँमा पहिरो खसेको जानकारी दिए ।
‘‘माथिबाट पहिरो खस्दा धर्म रोकाया र उनकी श्रीमतीको ज्यान गएको छ । यस्तै, कालुखेतीमा गएको पहिरोमा परेर बिरु गिरी र उनकी श्रीमतीको मृत्यु भएको छ,” प्रवक्ता सिंहले भने ।
प्रतिक्रिया दिनुहोस