३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अंकले झरेको सेयर बजार परिसूचक नेप्से बुधबार ६०.५६ अंकले उक्लिएको छ ।
यस दिन आँखुखोला जलविद्युत्, युनिभर्सल पाउन कम्पनी र मैलुङखोला जलविद्युत्को सेयरमा पोजिटिभ सर्किट लाग्यो भने पाँचवटा कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत बढीले बढेका छन् ।
यस दिन कारोबार भने न्यून नै रहेको छ । २१७ कम्पनीको मात्र ६१ लाख कित्ता सेयर दुई अर्ब ६७ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस