समाचार

देशका दर्जन बढी जिल्लामा विद्युत अवरोध

Sub Station

३ कात्तिक, काठमाडौं । वर्षाका कारण दुहबी सबस्टेसन सञ्चालनमा आउन समय लाग्ने भएको छ । दुहबी सबस्टेसन सञ्चालनमा आउने बिहीबारसम्म लाग्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सबस्टेसनमा पसेको पानी निकाल्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले बताए । सबस्टेसन प्रभावित हुँदा प्रदेश १ का जिल्लाहरूमा विद्युत अवरोध भइरहेको छ ।

यस्तै, डढेलधुरा, दार्चुला, बैतडी, डोटी, बझाङ, बाजुरामा पनि विद्युत अवरुद्ध भइरहेको भट्टराइले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस