मुख्य समाचार

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदै

deuba

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ जाँदै छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेलधुरा, कञ्चनपुर र कैलाली जाने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ जान लागेको हो ।

प्रधानमन्त्री देउवासहितको टोली केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको विभिन्न जिल्लामा निरीक्षणपश्चात् कात्तिक ५ गते काठमाडौँ फर्कने कार्यक्रम छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *