प्रदेश १

दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती

smartphone

४ कात्तिक, ताप्लेजुङ । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्गलबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन्। यसैगरी सेवा अवरुद्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिरोको क्षति सङ्कलन तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ ।

अविरल वर्षाका कारण इलाम जिल्लाको फिकल, इटहरी र विराटनगरका टावर तथा अप्टिकल फाइबरमा समस्या आएकाले ताप्लेजुङमा दूरसञ्चार कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुन पुगेको नेपाल टेलिकम कार्यालय ताप्लेजुङका सूचना अधिकारी सुदीपकुमार महतोले बताए । तत्काल सेवा सञ्चालन गर्नका लागि प्राविधिक टोलीले काम गरिरहेको र कहिलेसम्ममा सेवा सुरु हुन्छ भन्न नसकिने उनको भनाइ छ ।

नेपाल टेलिकमको सेवासँगै अन्य मोबाइल सेवा प्रदायक एनसीएल, इन्टरनेट सेवा प्रदायक सुविसु, टेकमाइन र वर्डलिङ्क लगायतको पनि सेवा अवरुद्ध भएको छ । इन्टरनेट सेवामा अवरुद्ध भएसँगै विभिन्न सरकारी कार्यालय तथा सङ्घसंस्थाको कार्यसम्पादनमा समस्या भएको छ । मङ्गलबारदेखि नै  इन्टरनेट अबरुद्ध भएपछि वित्तीय तथा बैंकिङ कारोबारमा समेत समस्या आएपछि सेवाग्राही मर्कामा परेका छन् ।

मोबाइल सेवा अवरुद्ध हुँदा सबैभन्दा धेरै प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्री र विश्वको तेस्रो कञ्चनजङ्घा हिमालमा भ्रमण गर्न आउने पर्यटकले समस्या खेप्नुपरेको छ । ताप्लेजुङमा पुगेर समयमै होटल बुकिङ गर्न नपाउँदा तीर्थयात्री र पर्यटकले बासका लागि होटल नपाउने, मन्दिरसम्म जाने गाडी नपाउने आफ्ना आफन्तसँग सम्पर्कविहीन हुनुपर्नेजस्ता समस्या भएको थियो ।

मोबाइल सेवा र इन्टरनेट सेवा अवरुद्ध भएसँगै स्थानीय सञ्चारमाध्यमको समाचार प्रकाशन तथा प्रसारणमा समस्या उत्पन्न भएको छ भने सञ्चारकर्मीलाई पनि समाचार सङ्कलन र सम्प्रेषणमा कठिनाइ भएको छ । निरन्तर वर्षाका कारण राष्ट्रिय प्रसारण लाइनमा पनि दुई दिन अवरुद्ध भएको थियो । तर आज बिहानदेखि प्रसारण लाइनमा बत्ती बाल्न थालेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *