कर्पोरेट

गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

garima

४ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक उक्त योजनामा बैंकले वार्षिक बचतमा उच्चतम ६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

साथै, यस बचत खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क इन्टरनेट बैंक साथै अन्य सुविधाहरु समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । अनलाइन वा नजिकैको शाखा कार्यालय मार्फत बच्चा देखि बृद्ध सबैले मेरो सेयर बचत खाता खोल्न सक्ने र उल्लेखित सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यदि कसैको यसअघि नै डिम्याट खाता रहेको भएता पनि मेरो सेयर बचत खाता खोली उच्चतम ब्याजदर तथा अन्य सुविधाहरु भने लिन सकिने बैंकको भनाइ छ । यद्यपि, बैंकले हाल सबै खाले व्यक्तिगत खातामा समान ९.५० प्रतिशत बार्षिक ब्याजदर प्रदान गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *