मुख्य समाचार

केपी ओली आजदेखि दुईदिन झापा र मोरङमा रहने

KP Oli

७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजदेखि दुईदिन झापा र मोरङका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । एमालेको वडा अधिवेशन सम्पन्न भएको भोलिपल्टै ओली गृहजिल्ला प्रस्थान गर्न लागेका हुन् ।

उनी बिहान ११ बजे घरमा पुगेर बुबालाई भेट गर्नेछन् भने त्यसपछि झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनेछन् । उनले बेलुका मेची क्राउन होटलमा अगुवा कार्यकर्तासँग भेट गर्नेछन् भने आज सोही ठाउँमै बस्नेछन् ।

उनी भोलि गौरीगञ्जमा हुने कार्यक्रममा सहभागी हुनेछन् । भोलि नै विराटनगरमा पार्टी प्रवेश कार्यक्रम र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस