विश्व/प्रवास

परमाणु हतियारको दौडलाई गति दिने उत्तर कोरियाको चेतावनी

kim jong un

७ कात्तिक, काठमाडौं । उत्तर कोरियाले अमेरिका, यूके र अष्ट्रेलियाबीच भएको एउटा नयाँ सुरक्षा सम्झौताको निन्दा गरेको छ । यसले ‘परमाणु हतियारको दौड’लाई गति दिन सक्ने उत्तर कोरियाको भनाई छ ।

विदेश मन्त्रालयका एक अधिकारीले ओकस सम्झौताले एयिसा–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताए । सम्झौतासँगै अमेरिका र यूकेले परमाणु उर्जाबाट सञ्चालन हुने पनडुब्बी बनाउने प्रविधि दिनेछन् ।

यो सम्झौतालाई विवादास्पद दक्षिण चीन सागरमा चीनको बढ्दो प्रभावलाई रोक्ने प्रयासको रूपमा हेरिएको छ । ओकस सम्झौता गएको हत्पा घोषणा गरिएको थियो, जसले क्रुज क्षेप्यास्त्र, आर्टिफिसिअल इन्टेलिजन्स र अनय प्रविधिहरूलाई समेत समेट्नेछ ।

“यिनीहरू अति नै अवाञ्छनीय र खतरनाक कार्यहरू हुन् जसले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्नेछ र परमाणु हतियार दौडको श्रृङ्खलालाई गति प्रदान गर्नेछ”, सुरक्षा सम्झौताको बारेमा उत्तरकोरियाली विदेशमन्त्रालयका ती अधिकारीले भने ।

गत हप्ता, उत्तर कोरियाले लामो दूरीको क्रुज क्षेप्यासत्र र ब्यालिस्टिक क्षेप्यास्त्र गरी दुई ठूला हतियारहरू परीक्षण गरेको थियो ।
उक्त सुरक्षा सम्झौतालाई चीनले पनि आलोचना गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले सो सम्झौताले ‘क्षेत्रीय सुरक्षामा गम्भीर हानि गर्ने र हतियारको दौडलाई सघन बनाउने’ जोखिम रहेको बताएका थिए ।

प्योङयाङले यो क्षेत्रीय शान्ति र स्थिरितालाई भंग गर्ने गैरजिम्मेवारपूर्ण कदम भएकोले चीनले यसको निन्दा गर्नु स्वभाविक भएको पनि बताएको छ । उक्त सम्झौतामार्फत् अमेरिकाले ६० वर्षपछि पहिलो पटक पनडुब्बीसम्बन्धी आफ्नो प्रविधि अष्ट्रेलियालाई प्रदान गर्न लागेको हो, यसअघि एकपटक यूकेलाई प्रदान गरेको थियो । यो सम्झौतासँगै अष्ट्रेलिया पनि परमाणु उर्जाबाट चल्ने पनडुब्बी बनाउन सक्षम हुनेछ । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस