मुख्य समाचार

धादिङमा गुडिरहेको बसमा लाग्यो आगो !

dhading bus fire

७ कात्तिक, काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । आइतबार राति २ बजे गजुरीमा गुडिरहेको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

“गुडिरहेको बसमा अचानक आगलागी भयो । आगलागी सुरु भएपछि यात्रुलाई सुरक्षित तरिकाले बाहिर निकालियो । आगलागी भए पनि मानवीय क्षति भने हुन पाएन,” डीएसपी भण्डारीले भने, “यात्रुका लगेज पनि निकाल्न मिल्ने र सक्नेजति निकालियो । तर, डिकीमा राखिएका लगेज भने निकाल्न सकिएन ।”

वाइरिङ सट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । बसको अधिकांश भाग जलेको छ । सुर्खेतबाट काठमाडौं आइरहेको ना ६ प १४७१ नम्बरको बसमा लागलागी भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस