सेयर मार्केट

अपि पावरले ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने

right share

७ कात्तिक, काठमाडौं । अपि पावर कम्पनीले पुनः हकप्रद सेयर सार्वजनिक गर्ने भएको छ । ३९.३६ प्रतिशत सेयर जारी गर्न लागेको कम्पनले धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः०.३९ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसअघि, कम्पनीले गत जेठ २० देखि असार १३ गतेसम्म आफ्नो चुक्ता पुँजीको २९ प्रतिशत अर्थात् ५६ लाख ७० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

यस्तै, कम्पनीले दोस्रो पटक गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ लाख ७० हजार कित्ता (४७ प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । पछिल्लो पटक कम्पनीले तेस्रो पटक हकप्रद जारी गर्न लागेको हो । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहने भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस