मुख्य समाचार

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

VitaminAb

७ कात्तिक, काठमाडौं । के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो  । स्वास्थ्य सेवा विभागका अनुसार १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने कार्यक्रम रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस