समाचार

दिक्तेलमा कुकुरको टोकाइबाट १५ जना घाइते

dog

७ कात्तिक, काठमाडौं । पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. बैभव मल्लिकले जानकारी दिए । उनीहरू सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न खोज्दा चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो ।

नेकपा (माओवादी केन्द्र)का युवा नेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतंक तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गरे । बजारमा रातका समयमा हिँड्डुल गर्न समेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

ऐसेलुखर्क गाउँपालिकामा समेत कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस