सेयर मार्केट

सर्पोट लघुवित्तको लाभांश प्रस्ताव, बोनस कति ?

bonus

७ कात्तिक, काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । गएको शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतका दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस